एकीकृत जनक्रान्तिका सहिद क. महानको स्मृतिमा दिप प्रज्वलन तथा परिवारसंग भेटघाट

डेली न्युजराप्ती       १३ जेष्ठ २०८० ११:५३ मा प्रकाशित     216 No Comments

जेष्ठ १३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला समितिले एकीकृत जनक्रान्तिका सहिद क. गोकुल राणामगर ( महान) को स्मृतिमा दिप प्रज्वलन तथा परिवारसंग भेटघाट गरेको छ ।
नेकपा हिजो शुक्रबार सहिद क. महानको स्मृतिमा बबई गाउँपालिका ३ मा पार्टीका नेता-कार्यकर्ता एवम जनताको सहभागीतामा दिप प्रज्वलन साथै सोही दिन सहिदको परिवारसंग भेटघाट गरेको हो ।

नेकपाका पश्चिम दाङका सचीव निर्मल सीसहितको पार्टी नेतृत्व सहिद क. महानको घरमा पुगेर उहाँको पत्नी , आमा एवम छोराछोरीहरु भेटघाट गरेको नेकपाले जनाएको छ ।
भेटघाटको क्रममा सहिद क. महानको परिवारले पार्टी नेतृत्वलाई सहिद सपना पूरा गर्न दलाल राज्यव्यवस्थासंग सम्झौताहिन संघर्ष गर्न सुझाव दिएका थिए ।

सहिद परिवारको सकारात्मक सुझावलाई ग्रहन गर्दै पार्टीका जिल्ला सचीव निर्मल सीले कुनैपनी मूल्य चुकाएर सहिदहरुको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यता नेकपा पश्चिम दाङले शुक्रबार नै नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुर दाङमा एकीकृत जनक्रान्तिका सहिद क.महान लगाएत सम्पुर्ण सहिदहरुको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

सहिद क. महान लगाएत जनक्रान्तिका सबै सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा नेकपा पश्चिम दाङका सचिव सहित १५ जना नेता-कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।

२०७६ जेष्ठ १२ गते काठमाडौंमा राज्यको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा दाङका महानसहित ५ जनाको सहादत भएको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १२ गते नेकपाले देशव्यापी सहिदहरुको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार