युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलन भोलि तुलसीपुरमा हुँदै

डेली न्युजराप्ती       २९ बैशाख २०८० २१:०५ मा प्रकाशित     157 No Comments

बैशाख २९ , तुलसीपुर । नेकपाको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ्ग जिल्ला समितिको छैठौं जिल्ला सम्मेलन भोलि हुने भएको छ ।
बैशाख ३० गते भोलि तुलसीपुरमा हुने सम्मेलनको लागि संगठनले देशभक्त प्रगतिशील क्रान्तिकारी युवाहरु एकजुट -होऔं ,वैज्ञानिक समाजवादका लागि दलाल पुजीवादी संसदीय व्यवस्थाको विरुद्ध प्रतिरोध गरौं भन्ने मुल नारा चयन गरेको छ ।

युवा संगठन नेपाल पश्चिम दाङको छैठौ सम्मेलनलाई नेकपाका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार