हेमन्तप्रकाश वली ।
जेठ ११,दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) दाङ आएका छन् ।
बबई गाउँपालिका-३ हंसपुरमा निर्मित सहिद महानको शालिक अनावरण गर्न विप्लव दाङ आएका हुन् ।
महासचिव विप्लवले जेठ १२ गते मध्यान्ह १२ बजे हंसपुरमा सहिद महानको शालिक अनावरण एवम स्मृति सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा दाङका सचिव तिलक सीले जानकारी दिए।
यस्तै विप्लवले मंगलबार घोराहीमा सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको समेत नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ ।
विप्लवले दाङमा विभिन्न राजनीतिक , सामाजिक व्यक्तित्वहरु संग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
राजनीतिमा फरक पहिचान बनाएका विप्लव दाङ आउँदा नेताकार्यकर्ता , शुभेच्छुक ,शुभचिन्तक एवम आम जनसमुदायमा उर्जा थपिएको नेकपाका नेता सविन सीले बताए ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविनले भने – ‘हाम्रो पार्टी र नेतृत्वको तुलना अरुसंग हुँदैन । हामी श्रम र उत्पादनले बाँच्छौँ ,संसदवादीहरु जस्तो गन्हाएका मान्छे होइनौं । अहिले तपाईंहरुले छर्लङ्ग देख्नुभएको छ नि नेपालको राजनीतिमा कस्ता पात्र र प्रवृती छन् , देश लुटेका छन् , कंगाल बनाएका छन् । दैनिक ५० लाखका दरले राज्यको ढुकुटी कुम्ल्याएका छन् , नयाँ भनाउँदाहरुले झन नयाँ तरिकाले लुटेका छन् । यसको विकल्पमा श्रम , उत्पादनबाट बाँचेको , देश र जनताप्रती प्रतिबद्ध नेकपा र यसको नेतृत्व विप्लव नै हुनुहुन्छ । हामी समाजवादको सन्देश प्रवाह गर्न र मुलुकलाई कसरी बनाउन सकिन्छ भनेर देशव्यापी अभियान चलाइरहेका छन् । समृद्ध मुलुक निर्माणका लागि नेकपाले समाजवादी अभियान चलाइरहेको छ ।’
नेता सविनले पार्टी महासचिवले दाङमा बिशेष सम्बोधन सहित मुलुकको अग्रगामी निकास , समाजवादी व्यवस्थाको अनिवार्यता , श्रम संघर्ष र अनुसन्धानको नयाँ स्कुलले निराशाले थलिएको समाजलाई समाजवादी आशाको नयाँ किरणले प्रज्वलित गर्ने दाङको अभियान सफल रहने बिश्वास व्यक्त गरे ।
यस्तै आज साँझ दाङ आइपुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई स्थानीय नेताकार्यकर्ताहरुले स्वागत गरेका छन् ।
विचार र व्यवहारको तादम्यता मिलाएका विप्लवलाई साँझको बसोबासको व्यवस्थापन पार्टीले पार्टीका केन्द्रीय सल्लाहकार एवम बेपत्ता योद्धा परिवारका केन्द्रीय अध्यक्ष सुन्दर सीको निवासमा मिलाएको छ ।
विप्लव आँफैपनी ठुलाठुला महंगा होटलमा भन्दापनी आँफ्नै पार्टीका नेताकार्यकर्ता , सहिद , बेपत्ता परिवारका घर तथा स्थानीय जनताका घरमा बस्न रुचाउने सादगी नेता हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.