नेकपाका महासचिव विप्लवले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

डेली न्युजराप्ती       १४ जेष्ठ २०८२ ११:१७ मा प्रकाशित     451 No Comments

हेमन्तप्रकाश वली ।
जेठ १३,घोराही ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुभएको छ ।
दाङ आएको सन्दर्भमा महासचिव विप्लवले मंगलबार प्रतिष्ठानको अवलोकन गर्नुभएको हो ।

अवलोकन पछि संक्षिप्त प्रतिक्रिया दिँदै विप्लवले प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन बिशेष सुझाव दिनुभएको थियो ।
उहाँले भन्नुभयो– ‘अस्पतालको सेवा हिजोको भन्दा प्रभावकारी देखिन्छ तर जनताले चाहेका अन्य थुप्रै सेवाहरुमा पहल गर्नुपर्दछ । जनताले निशुल्क , सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्दछ भनेर हामी लडिरहेका छौँ । हाम्रो कुरा नेपाली श्रमिक जनताले शिक्षा , स्वास्थ्यको ग्यारेन्टी हुनुपर्दछ । यो प्रतिष्ठानको स्तरोन्नति र विकासका लागि हाम्रो पार्टी प्रतिबद्ध छ ।’

नेता विप्लवले देशमा भ्रष्टाचारको तेस्रो लहर चलेको बताउदै अहिलेको संकटबाट मुलुकलाई निकास दिन समाजवादी सत्ताको विकल्पमा जानुपर्ने बताउनुभएको हो ।

नेकपाका महासचिव विप्लव सीलाई प्रतिष्ठानका निर्देशक डा.जनार्दन पुन , उपकुलपति डा.विकाश लामिछाने , प्रतिष्ठानका डिन डा.रमेश कँडेल लगाएत प्रतिष्ठानमा कार्यरत डाक्टर , कर्मचारीहरुले भव्य स्वागत गर्नुभएको हो ।

अवलोकन एवम भेटघाट कार्यक्रममा नेकपाका स्थायी समिती सदस्य सन्तोष सी , पार्टीका केन्द्रीय समितिका सदस्यहरु एवम जिल्ला पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार