हेमन्तप्रकाश वली ।
साउन १३,तुलसीपुर । नेकपाका महासचिव विप्लव सीले गत फागुनमा दाङको सहिद स्मृति आवासीय माध्यामिक विधालय तुलसीपुर-१७ बनकट्टीमा पुगेर बिधालयको प्राङ्गणमा पार्टीले टायल बिच्छ्याउने घोषणा गर्नुभएको थियो ।
नेपालको राजनीतिमा प्राय सबै नेताहरु जहाँजहाँ पुग्छन् सस्तो लोकप्रियता बटुल्न यस्तो घोषण गर्ने गर्दछन् ।
तर विप्लवले दाङमा घोषणा गरेको कामलाई जिल्ला पार्टीले विशेष पहलकदमी लिँदै विधालयमा टायल बिच्छ्याउने कार्यको सुरुवात गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीको पहल , नेताकार्यकर्ताको श्रम र स्थानीय पालिकाको सहयोगमा विधालयको प्राङ्गणमा टायल बिच्छ्याउने काम सुरु गरेको पार्टीका जिल्ला सचिव तिलक सीले जानकारी दिनुभयो।
सचिव तिलक सीले भने – ‘ महासचिव विप्लवले दाङमा सहिदका सन्ततिलाई सम्बोधन गर्ने क्रममा विधालयको प्राङ्गण पार्टीले बनाइदिने घोषणा गर्नुभएको थियो । त्यसलगत्तै हामिले पहल लिइहाल्यौँ , अहिले काम सुरु भएको छ । यसमा पार्टीको लगानी , नेताकार्यकर्ताहरुको श्रम र स्थानीय पालिकाको पनि सहयोग छ । हामि छिट्टै यो काम सक्ने योजना बनाएका छौँ ।’
गत फागुनमा पार्टीका महासचिव विप्लव सी जनयुद्ध दिवसको अवसरमा सल्यानमा आयोजित जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा दाङको सहिद स्मृति विधालयमा सहिदका सन्ततिसंग भेटघाट गर्ने क्रममा विधालयको प्राङ्गणमा अत्याधिक धुलो उडेर बिद्यार्थीलाई सास्ती भइरहेकाले पार्टीको पहलमा प्राङ्गण बनाइदिने घोषणा गर्नुभएको थियो ।
पार्टीले घोषणा गरेको कामको थालनी भएपछि विधालय परिवार खुशी भएको विधालयका प्रधानाध्यापक नारायण पौडेलले बताउनुभयो ।
उहाँले प्राङ्गणमा धुलोमैलो उडेर बिद्यार्थीलाई अत्यन्त अप्ठ्यारो परेको बेला नेकपाले बिद्यार्थीको पक्षमा गरेको योगदान बिर्सन नसकिने समेत बताउनुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.