दाङमा प्रहरी हिरासतमा श्रीमानलाई श्रीमतीले ब्राउनसुगर दिन खोजेपछी….

डेली न्युजराप्ती       २७ मंसिर २०७९ १७:४८ मा प्रकाशित     143 No Comments

तुलसीपुर, २७ मंसिर । दाङमा प्रहरी हिरासत भित्रै श्रीमानलाई अवैध लागू औषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१५ निवासी २६ वर्षकी शान्ति खड्का घर्ती रहेको डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको हिरासत भित्र रहेका २२ वर्षका श्रीमान अशोक खड्कालाई भेट्न गएकी शान्तिले फलफूलभित्र ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरेको ब्राउन सुगर १२० मिलिग्राम रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार