माओवादी केन्द्रसंग एकताका लागि नेकपाका पिबिएम असलका ८ सर्त!

डेली न्युजराप्ती       २१ श्रावण २०८२ ०६:३९ मा प्रकाशित     210 No Comments

दाङ: नेकपाका पोलिटब्युरो सदस्य असल सीले माओवादी केन्द्रसित एकता गर्न ८ बुँदा शर्त राखेका छन् । नेता असल सीले पार्टी एकताका लागी माओवादी केन्द्र रुपान्तरण हुनुपर्ने बताएका छन् । 

माओवादी आन्दोलनलाई बदनाम गरेर जनताप्रति चौतर्फी वितृष्णा पैदा गराएको पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र सबै हिसाबले रुपान्तरण भएमात्रै एकता हुने बताएका छन् । उनले अहिलेको विकसित परिस्थितिमा पुरानै नेतृत्व र विचारबाट मात्रै माओवादी आन्दोलनलाई अगाडी लैजान नसकिने तथ्यसहित नयाँ विचार अनुरुपको नयाँ नेतृत्व भएमात्रै माओवादी केन्द्रसित एकता हुने बताएका छन् । 

माओवादी केन्द्र भ्रष्टाचारमा डुबेर अख्तियारले डामिएका नेताहरुको बहिर्गमन हुनुपर्ने, भ्रष्टाचार गरेर अकुट सम्पत्ति कमाएर वर्गउत्थान भएकोले ती सबै सम्पत्ति सार्वजनिक गरी जनतामा ल्याउनुपर्ने, नन्दकुमार पुनले सार्वजनिक रुपमा आत्मआलोचना गर्नुपर्ने, अहिलेसम्म राजकीय पदमा पुगेकाहरु पुनः उक्त पदमा जान नहुने, समाजवाद र क्रान्तिको मार्गचित्र सुनिश्चित हुनुपर्ने, पुराना नेताहरुलाई बिदाई गर्नुपर्ने आदि बिषय उठाएका छन् । 

सल्यानी जनताका प्रिय नेता समेत रहेका कमरेड असल सी जनयुद्धकालीन पुराना नेता समेत हुन् । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार