रुकुम पश्चिममा सर्पको टोकाईबाट २ महिलाकोे मृत्यु

डेली न्युजराप्ती       २० भाद्र २०८० १६:४५ मा प्रकाशित     226 No Comments

रुकुम पश्चिम, २० भदौ । रुकुम पश्चिममा सर्पको टोकाईबाट २ महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १३ रातामाटाकी २२ वर्षिया सुत्केरी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका १ की ६१ वर्षिया गंगी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरीका अनुसार सुत्केरी २२ वर्षिया विष्टलाई हिजो मगंलबार दिउँसो बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेको थियो भने हिजो राती नै विष्टले छोरीलाई जन्म दिनुभएको थियो । रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरिरमा फैलिएको र रक्तस्रावका कारण आज विहान मुत्यु भएको हो ।

शिशुको पनि अवस्था गम्भिर रहेको छ । शिशु जन्मने अवधि कात्तिक महिना भएपनि समय नपुग्दै शिशुको जन्म भएको हो । यस्तै गंगी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । उनलाई चौरजहारी अस्पताल हुँदै थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घरपरिवारले घर ल्याएको ४ दिनपछि पुनको हिजो घरमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार