माओवादी नेता मनोज कुमार परियारका बुवा जीतबहादुर परियारको अन्त्येष्टि आज हुँदै

डेली न्युजराप्ती       २१ श्रावण २०८३ १०:०१ मा प्रकाशित     161 No Comments

दाङ, साउन २०। नेकपा (माओवादी) का केन्द्रीय प्रतिनिधि सदस्य मनोज कुमार परियारका बुवा दाङको शान्तिनगर गाउँपालिका–३, भलानेटी निवासी जीतबहादुर परियारको ६३ वर्षको उमेरमा मंगलबार निधन भएको हो।
दिवंगत परियारको आज नेकपा (माओवादी)का नेताकार्यकर्ता, स्थानीय जनसमुदाय, घरपरिवार, आफन्तजन तथा इष्टमित्रहरूको उपस्थितिमा अन्त्येष्टि गरिँदैछ।
उहाँको निधनप्रति नेकपा (माओवादी)का नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

अन्त्येष्टिमा राजनीतिक व्यक्तित्व, स्थानीयवासी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार