प्रचण्डले कम्युनिस्ट आदर्शविपरित व्यवहार सच्चाउनुपर्छ: सविन सी

डेली न्युजराप्ती       २१ श्रावण २०८२ १५:०६ मा प्रकाशित     571 No Comments

दाङ । नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्ट आदर्श, मूल्य र मान्यताविपरित व्यवहार सच्चाउनुपर्ने बताएका छन् । 

माओवादी केन्द्रको स्थायी समितिको बैठकले नेकपासित एकता गर्ने निर्णय सार्वजनिक भएपछि नेता सविनले उक्त कुरा बताएका हुन् । 

नेता सविन ले भनेको छन्, “सारा कम्युनिस्ट आदर्श ,मुल्य र मान्यतालाई सर्पको काँचुलीजस्तै पछाडी छाडेर जिब्रो चलाएर मात्र एकताको आदर्श पोख्ने,गीत गाउने तर ब्यवहार तिनै आदर्श विपरीत आचरण गर्ने विभ्रान्त तथा अनैतिक बिचार ,व्यवहार र शैली प्रचण्ड कमरेडले सच्याउनै पर्छ।”

उनले इटालियन कम्युनिस्ट पार्टीका नेता ग्राम्सीको भनाई राख्दै माओवादी केन्द्रले रुपान्तरण विना एकताको कुराले मौखिक उत्साह र फजुल शब्दजालले मान्छेलाइै केवल हँसाउँने र रुवाउँने मात्रै बताएका छन् । 

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई  पुनर्जीवनको जरुरी भैइसकेको सच्चार्इबाट बिमुख हुने र तर्किने नहुने अबको एकता र कम्युनिस्ट पुनर्गठन नयाँ विचार ,नेतृत्व र केन्द्रको उदयवाट मात्र पुर्ण हुने बताएका छन् ।

उनले त्यसको विकल्प नेकपा र नेतृत्व कमरेड विप्लव रहेको संकेत गरेका छन् । उनले यसतर्फ विना पूर्वाग्रह बहस सुरु हुनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार