विप्लवद्वारा बझाङका भुकम्प पीडितहरुका लागि पार्टीको तर्फबाट नगद १ लाखसहित लत्ताकपडा सहयोग

डेली न्युजराप्ती       २९ आश्विन २०८० ०७:२४ मा प्रकाशित     137 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले असोज १६ गतेको भुकम्पका कारण बझाङका पीडित र प्रभावितहरुका लागि नगदसहित राहत हस्तान्तरण गरेको छ ।

नेकपा महासचिव विप्लवले पीडित र प्रभावितहरुका लागि राह  जिल्ला विपद व्यवस्थापन समितिमार्फत सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई राहत स्वरूप  नगद रु. १ लाख र १ सय ओटा कम्बल हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बझाङमा आयोजित राहत वितरण कार्यक्रममा भुकम्पको कारण ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका वडा नम्बर ११ निवासी गुनमती धामीको छोरा करण धामीलाई रु १० हजार नगद समेत हस्तान्तरण गरिएको थियो ।

आइतबार आयोजित राहत वितरण कार्यक्रममा नेकपा नेताहरू भगतसिङ सी, समर सी , सुवास सी र अडिग सी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार