नेकपा पश्चिम दाङद्वारा २ बिघा जमिनमा धान खेतीको तयारी

डेली न्युजराप्ती       १४ असार २०८० २३:०५ मा प्रकाशित     219 No Comments

असार १४ , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले २ बिघा जमिनमा धान खेतीको तयारी गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले यो वर्ष पार्टीले २ बिघा जमिनमा धान खेतीको तयारी गरेको बताए ।

नेता प्रदिपले धानको बिउ उत्पादन अन्तिम चरणमा रहेकाले केहि दिनभित्र धान रोपाइँ गरिने बताएका छन् ।

यता नेकपाले भोलि असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्दैछ ।

नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु , चितवन , वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्न लागेको हो।

नेकपाले आफ्नो केन्द्रिय कार्यलय कपिलवस्तुमा भने महासचिव विप्लव सी लगायतका नेता कार्यकर्ता , इन्द्रेणी कलाकार परिवार , सामना कलाकार परिवारको सहभागितामा अन्तर्राष्ट्रिय गित गाएर श्रम उत्सवको भव्य उद्घाटन गर्दैछ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले श्रम उत्सवको बिहान साढे ६ बजे औपचारिक रुपमा उद्दघाटन गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य शिलु सी , सुशील सी , पोलिट व्युरो सदस्य धुर्व सी लगाएतका केन्द्रिय नेताहरु र कार्यकर्ताको सहभागीता हुनेछ ।

महासचिव विप्लव , स्थायी समिती सदस्य शिलु सी र सुशील सी कपिलवस्तु पुगिसकेका छन भने अरु नेताहरु पुग्ने क्रम जारी छ ।

महासचिव विप्लव सहितका नेताहरूको प्रत्यक्ष सहभागीतामा बिहीबार (आज) मात्रै२० किलो बेर्ना राखिएको धानको बीउ निकालिएको छ ।

नेकपाले श्रम उत्सवको उद्घाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोप्ने जनाएको छ।

यस्तै नेकपाले चितवन र वर्दियाको राजापुरमा पनि करिब २० बिघा जमिनमा धान रोप्ने छ।

नेकपाले बर्दियाको राजापुरका लागि स्थायी समिति सदस्य भरत सी र चितवनका लागि स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा धान रोप्ने जनशक्ति खटाएको छ ।
कपिलवस्तुमा हुने श्रम उत्सवको उद्द्घाटनमा इन्द्रेणी कलाकारको टिम र सामना परिवारले बेजोड साङ्गेतिक प्रस्तुति प्रस्तुत गर्ने छन ।

नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यलय सचिव बिजय सीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार