नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा कुमालको निधनप्रति दुख व्यक्त

डेली न्युजराप्ती       २८ भाद्र २०८२ १२:५० मा प्रकाशित     1007 No Comments

दाङ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति दाङले पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा गढवा गाउँपालिका सचिव कमरेड यज्ञ सीका बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गढवा गाउँपालिका–१, राङसिङ निवासी ७५ वर्षीय गोपाल प्रसाद कुमालको २०८२ साल भाद्र २५ गते असामयिक निधन भएको पार्टीले जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै दिवंगत कुमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

जिल्ला सचिव तिलक सिले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुखको यस क्षणमा दिवंगत गोपाल प्रसाद कुमालप्रति स्मरणसहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं र कमरेड यज्ञ सी लगायत सम्पूर्ण परिवारजन तथा नजिकका साथीहरूलाई पार्टी पीडामा साझेदार रहँदै समवेदना प्रकट गर्दछ ।”

नेकपा जिल्ला समितिले दिवंगत कुमाललाई इमानदार, कर्मठ , समाजसेवी व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँको निधनले स्थानीय समाज र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार