नेकपाले देशव्यापी मसाल जूलूस , कोणसभा सहित २० गते काठमाडौँमा बृहत जनसभा गर्ने

डेली न्युजराप्ती       ११ कार्तिक २०८२ ०८:५३ मा प्रकाशित     146 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक १०,तुलसीपुर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको विशेष बैठकबाट संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि कार्तिक १३ गतेसम्म भित्तेलेखन गर्ने , कार्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने , कार्तिक १७ गते देशव्यापी बिरोध प्रदर्शनसहित कोणसभा गर्ने र कार्तिक २० गते काठमाडौंमा बृहत जनसभा गर्ने निर्णय गरेको हो।

नेकपाले काठमाडौँमा हुने प्रर्दशनको तयारी भइरहेको जनाएको छ ।

नेकपाले सुशीला कार्की नेतृत्वको सरकार विघटन गरी सर्वपक्षीय अन्तरिम सरकारको माग गरेको छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएपनि जेनजी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप नभएको नेकपाको ठहर छ ।

वर्तमान सरकारलाई नेकपाले रहस्यमय तरिकाले बनाइएको आरोप लगाएको छ । स्वाधिनता र समाजवादका पक्षमा भन्दै कात्तिक २० गते काठमाडौँमा प्रर्दशन गर्न लागिएको नेकपाले जनकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार