डेली न्युजराप्ती
१५ कार्तिक २०८२ २२:१८ मा प्रकाशित 1673No Comments
हेमन्तप्रकाश वली । कार्तिक १४,दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पाटन जंगलीले चिरण पुन माओवादीसंग बार्गेनिङ पावर बढाउन पार्टीबाट भागेको बताएका छन् । शुक्रबार नेता पाटनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन् – ‘आज तपाई माओवादी पार्टीमा जानको लागि जे हर्कत वा भ्रम पैदा गर्नुभयो त्यो सामान्य राजनीतिक नैतिकताभन्दा बाहिर छ । यो हर्कत केवल बार्गेनिङ पावर बढाउने र माओवादीमा आफ्नो पद (उच्च पद) सुरक्षित गर्ने हो ।’
नेता पाटन जंगलीले एकीकृत जनक्रान्तिको मार्गबाट फरक बाटो रोज्नुभएका नेता चिरन पुनलाई नेताकार्यकर्ता , जनता तथा सहिद परिवारलाई जवाफ दिन जरुरी भएको भन्दै केही प्रश्नहरु समेत गरेका छन् ।
नेता पाटन जंगलीले नेता चिरन पुनमाथि गरेका प्रश्नहरु यस्ता छन् ।
हजुरले फरक बाटो रोज्नुको सैद्धान्तिक पक्ष के हो? पार्टीले अघि सारेका विचार, राजनीति, कार्यदिशा तथा हाम्रा विकसित बिचार र व्यवहारसंग तपाईको विमति हो?
यदि सैद्धान्तिक विमती हो भने के हो? पार्टीले अवलम्बन गरेका कुनैपनि नीति कार्यक्रमसंग बिमती होइन भने फरक पार्टी किन आवश्यक पर्यो?
के तपाईले रोजेको बाटोबाट जनता र शहिदहरुको सपना पूरा हुन्छ? यदि हुन्छ भने कसरी हुन्छ?
एकीकृत जनक्रान्ति र यसले विकास गरेका सैद्धान्तिक तथा दार्शनिक पक्षहरुसंग तपाईको विमती होइन भने, के को आधारमा पार्टी छोड्न पुग्नुभयो? यदि विमति हो भने पार्टीमा किन मत दर्ज गर्नुभएन?
तपाईले एउटा आरोप लगाउनु भएको छ, हामिलाई एकताको लागी, वार्ता गर्न लगाउने अनि हामिले भने वमोजिम विप्लवले एकता गर्न मानेन भन्नूभएको छ । अब बुझ्नुपर्ने कुरा के छ भने वार्ता समितिको काम भनेको पार्टीका आधिकारिक धारणा लिने र प्रस्तुत गर्ने हो ।
अनि तपाईले भने अनुसार विप्लवले एकता गर्न नमानेको हो भने एकताको लागि के के विषय टुंगो लगाउनु भएको थियो र विप्लवले मानेन? कि निशर्त (लम्पसार पर्न) एकता गर्नुपर्छ भन्ने हो?
तपाईले भनेजस्तो एकताको नाममा निसर्थ (आधारभुत बिषय पनि नटुंगाएर) जाने कुरा मान्न सकिन्न ।
अनि एकता भनेको के के? एकताको लागि के के हुन जरुरी छ? जहाँसम्म एकताको कुरा छ, त्यो नीति, आवस्यकता र उदेश्यका आधारमा हुन जरुरी हुन्छ । -आज तपाई माओवादी पार्टीमा जानका लागि जे हर्कत वा भ्रम पैदा गर्नुभयो त्यो सामान्य राजनीतिक नैतिकता भन्दा बाहिर छ । यो हर्कत केवल बार्गेनिङ पावर बढाउने र माओवादीमा आफ्नो पद (उच्च पद) सुरक्षित गर्ने हो ।
-जहाँ सम्म ७५ जना केन्द्रिय सदस्यहरुको हवाला दिएर भ्रमित पार्ने कुचेष्टा गर्नु भएको छ त्यसमा मेरो विनम्र अनुरोध छ ति सबै सदस्यहरुको नाम सार्वजनिक गर्नुहोस् ।
अन्ततः तपाईले नेपाल कम्युनिस्ट पार्टीमा रहदा जे जति योगदान गर्नुभयो त्यसप्रति हृदयदेखि धन्यवाद प्रकट गर्दछु । चिरन पुनको बहिर्गमनले पार्टीको दर्शनमा विकास गरेको “अनिश्चयको सिद्धान्त” को थप आवश्यकताको बोध भएको छ ।
नेता पाटन जंगली नेकपाको सहायक संगठन युवा संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।