काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली कम्युनिस्ट पार्टी सँगको एकताको विषयमा आएका समाचारहरू निराधार र भ्रामक भएको बताएको छ।
चुनाव अगाडि एकता हुँदैछ भन आएका समाचारहरू कपोकल्पित र मनोगत भएको माओवादीको केन्द्रिय कार्यालयले जनाएको छ ।
नेकपा (माओवादी) महासचिव विप्लव नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी केन्द्रीकरण गर्ने र बामपंथी जनमत कसरी रक्षा गर्ने भन्ने विषयमा चिन्तित रहेको माओवादीका पोलिटब्युरो सदस्य असल सीले बताए । त्यही विषयमा विप्लवले बामपंथी, बुद्धिजीवी र कम्युनिस्ट नेताहरूसँग छलफल गरिरहनु भएको छ। तर बाहिर अस्वभाविक रुपले केही मान्छेहरू एकता हुँदैछ भनि हल्ला गरिरहेको तर त्यो सत्य नभएको नेता असल सीले बताए
अरू कम्युनिस्ट पार्टीका नेताहरू आफु र आफ्नो पार्टीलाई मात्रै कसरी निर्वाचनमा विजय गराउन भन्ने कुरालाई लिएर एकता मोर्चा र सहकार्यको कुरा गरिरहेका छन तर विप्लव समग्र कम्युनिस्ट आन्दोलनलाई कसरी विजय गराउन सकिन्छ भनेर छलफल गरिरहेको नेता असल सील जानकारी दिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.