हेमन्तप्रकाश वली ।
माघ १२, शान्तिनगर । पश्चिम दाङमा नेकपा (माओवादी)ले चुनावी अभियानलाई तिब्रता दिएको छ ।
सोमबार पार्टीले शान्तिनगर गाउँपालिकाका अगुवा नेताकार्यकर्तासँग चुनाव बिशेष छ्लफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पार्टीबाट दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल) , समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी)ले चुनाव बिशेष कार्यक्रमबारे प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दाङ-३ का प्रत्यक्ष उम्मेदवार वलीले स्थानीय अगुवा नेताकार्यकर्तालाई चुनावी बिशेष कार्यभारबारे प्रशिक्षण सहित आगामी कामबारे दिशानिर्देश गर्नुभएको हो ।
चुनाव बिशेष छलफल कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा दाङ-३ निर्वाचन मुल परिचालन समितिका संयोजक प्रदिप बहादुर वली , पार्टीका केन्द्रीय सदस्य विकाश वली , पार्टीका केन्द्रीय सदस्य निर्मल केसी , पार्टीका जिल्ला सल्लाहकार शुरेश वली लगाएतको आतिथ्यता रहेको थियो ।

चुनावी विशेष छलफल कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज परियारले गर्नुभएको थियो ।
नेकपा (माओवादी)ले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ ।
माओवादीले गुलावको फूल चुनाव चिन्ह लिएर देशव्यापी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिँदैछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.