“राजनीतिमा अवसरवाद हावी” भएको भन्दै मतगणनाकै बीच रास्वपा नेताको राजीनामा

डेली न्युजराप्ती       २४ फाल्गुन २०८२ १२:४७ मा प्रकाशित     74 No Comments

दाङ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक प्रदेशस्तरीय नेताले पार्टीबाट राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख तथा रुपन्देही क्षेत्र नम्बर–३ का निवर्तमान सभापति ओम पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले रास्वपामा प्रवेश गर्दा राखेको उद्देश्य पूरा भइसकेको उल्लेख गर्दै अब स्वतन्त्र रूपमा रहने निर्णय गरेको बताएका छन्।

उनले नेपाली राजनीतिमा अवसरवाद बढ्दै गएको आरोप लगाउँदै रास्वपाभित्र पनि दोहोरो चरित्र देखाउने तथा पदका लागि जे पनि गर्नसक्ने प्रवृत्ति देख्दा दुःख लागेको बताएका छन्।

“राजनीति साँच्चिकै फोहोरी छ। हरेक राजनीतिक दलमा अवसरवाद हावी छ। रास्वपामै पनि दोहोरो चरित्र देखाउने र मात्र पदका लागि जे पनि गर्नसक्ने व्यक्तिहरु देख्दा दुःख लागेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पार्टीबाट अलग भएपनि समाजप्रति आफ्नो उत्तरदायित्व भने निरन्तर रहने उनको भनाइ छ।
उनले २०७९ चैत १४ गते रास्वपाको सदस्यता लिएका थिए भने उनको सदस्यता नम्बर १८१६ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार