रास्वपाको देशभर लहर: ३३ क्षेत्रमा जित, ८७ सिटमा अग्रता

डेली न्युजराप्ती       २४ फाल्गुन २०८२ १२:४८ मा प्रकाशित     17 No Comments

दाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय सफलता हासिल गरेको छ।
निर्वाचन आयोग का अनुसार बिहान १२ बजेसम्मको मतपरिणामअनुसार रास्वपाले ३३ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने थप ८७ क्षेत्रमा अग्रता कायम गरेको छ।

आयोगका अनुसार रास्वपाबाट अच्युत्तम लामिछाने (नुवाकोट–२), सन्तोष राजवंशी (मोरङ–४), रुविना आचार्य (मोरङ–६), मनिष झा (धनुषा–३), प्रमोदकुमार महतो (महोत्तरी–१), अरविन्द साह (बारा–३), रहवर अन्सारी (बारा–४), बुद्धिप्रसाद पन्त (पर्सा–१) र सुशीलकुमार कानु (पर्सा–२) विजयी भएका छन्।
त्यसैगरी काठमाडौँ उपत्यकामा पनि रास्वपाले प्रभावशाली जित निकालेको छ। रन्जु न्यौपाने (काठमाडौं–१), सुनिल केसी (काठमाडौं–२), राजुनाथ पाण्डे (काठमाडौं–३), पुकार बम (काठमाडौं–४), सस्मित पोखरेल (काठमाडौं–५), शिशिर खनाल (काठमाडौं–६), गणेश पराजुली (काठमाडौं–७), विराजभक्त श्रेष्ठ (काठमाडौं–८), डोलप्रसाद अर्याल (काठमाडौं–९) र प्रदिप विष्ट (काठमाडौं–१०) निर्वाचित भएका छन्।

यसैगरी रुकेश रन्जित (भक्तपुर–१), बुद्धरत्न महर्जन (ललितपुर–१), रवि लामिछाने (चितवन–२), उत्तमप्रसाद पौडेल (कास्की–२), बिना गुरुङ (कास्की–३), धनन्जय रेग्मी (स्याङ्जा–१), सोम शर्मा (बाग्लुङ–२), सागर भुसाल (पर्वत–१), डा. लेखजंग थापा (रुपन्देही–३), कन्हैया बनिया (रुपन्देही–४), सुरेशकुमार चौधरी (बाँके–१) र खगेन्द्र सुनार (बाँके–३) ले पनि जित हासिल गरेका छन्।
देशभर जारी मतगणनाको प्रारम्भिक नतिजाले रास्वपाको प्रभाव तीव्र रूपमा बढेको संकेत दिएको छ। हालसम्म प्राप्त परिणामअनुसार पार्टीले ३३ सिट जितिसकेको छ भने थप ८७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ जसले यसपटकको चुनावमा नयाँ राजनीतिक शक्तिको उदयलाई संकेत गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार