मुक्तभूमी कम्युनमा विप्लव: श्रम, अध्ययन र आरामसँगै ‘अनुपम आनन्द’को अनुभूति

डेली न्युजराप्ती       १२ चैत्र २०८२ १९:०४ मा प्रकाशित     1024 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुक्तभूमी कम्युनमा बिताइरहेको समयलाई ‘अनुपम आनन्द’को रूपमा चित्रण गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो तर अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै उनले कम्युन जीवनमा श्रम, आराम र अध्ययनलाई सँगसँगै अगाडि बढाइएको उल्लेख गरेका छन्।
“मुक्तभूमी कम्युनमा श्रम, आराम र अध्ययन। मुक्तभूमीको अनुपम आनन्द। अरू केही दिन यतै बित्ने छ,” उनले लेखेका छन्।

उनको उक्त अभिव्यक्तिले पार्टीले अघि सारेको सामूहिक जीवनशैली, उत्पादनमुखी अभ्यास र वैचारिक अध्ययनलाई जोड दिएको संकेत गर्छ। पछिल्लो समय विप्लव नेतृत्वको पार्टीले देशभर ‘उत्पादन अभियान’ र आत्मनिर्भर जीवनशैलीलाई प्राथमिकतामा राख्दै विभिन्न कम्युन सञ्चालन गर्दै आएको छ।

राजनीतिक व्यस्तताबीच पनि कम्युन जीवनमा सक्रिय सहभागिता जनाउँदै आएका विप्लवको यो सन्देशलाई कार्यकर्तामाझ प्रेरणादायी रूपमा हेरिएको छ।
साथै, उनले अझ केही दिन त्यहीँ बस्ने संकेत गरेसँगै कम्युन गतिविधिमा निरन्तरता रहने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार