खेम वलीलाइ जनताले भने– ‘तपाँई हामीलाई पानी दिनुस हामी तपाँईलाई भोट दिन्छौं’

डेली न्युजराप्ती       १९ बैशाख २०७९ १८:२४ मा प्रकाशित     275 No Comments


तुलसीपुर। हामीले धेरै नेतारुलाई भोट हालीम तर कसैले हाम्रो काम गरेनन् । पातुखोलाको ढीकमा बसेको आज २२ बर्ष भयो न हाम्रा छोराछोरीले जागीर खाए न हामीले पानी पाईम् । हामीले काँग्रेसलाई पनि भोट दिइम् । एमालेलाई पनि भोट दिइम् । माओवादीलाई पनि भोट दिइम् । खै कस्ले हेर्यो हाम्रो दुःख ? तुलसीपुर उपमहानगरपालिका–५ नया बसपार्क निबासी ६८ बर्षकी रमिता दमाईले गुनासो गरिरहँदा भोट माग्न जानुभएका खेमराज वलीले कुरा सुनिरहनुभयो । किनकी खेमराज वली तुलसीपुर उपमहानगरपालिकाको उपमेयर पदमा स्वतन्त्रबाट उम्मेदवार भएकाले भोट माग्न त्यहाँ जानुभएको थियो ।

‘तपाँई तुलसीपुर खानेपानीको अध्यक्ष पनि हुनुहुन्छ अरे । घरअगाडी पानी सुकेको कुँवालाई सीकाउँदै रमिताले भन्नुभयो– ‘हामीलाई पानीको साह्रै दुःख छ । भोट त दिन्छौ तर हामीलाई पानी दिनुहोला । अरु नेताले जस्तै नढाँट्नुहोला ।’

रमिताको कुरामा अन्य स्थानीयहरुले पनि हो मा हो थप्दै हामीलाई पातुखोला अतिक्रमण गरेर खाएका छन् भन्दै सबैले हेँलागर्छन । न विकास दिन्छन् न खानेपानी दिन्छन् । गरिबलाई कसैले हेरेनन् । तपाईले पनि जितेर गएपछि त्यस्तो नगर्नुहोला ।

मतदाताको गरिबी र पिडा झल्किने गुनासो सुनेर भावुक हुनुभएका उपमेयर पदका उम्मेदवार खेमराज वलीले भन्नुभयो ‘म अहिले खानेपाीको अध्यक्षमा छैन । त्यसैलै मैले अहिले केहि गर्न सक्ने अवस्था छैन । म पनि तपाँई जस्तै हो । तर म सहित मेरो प्यानललाई यो निर्वाचनमा जिताउँनुस । तपाँहरुलाई निशुल्क धारा वितरण गर्छु । किनकी गरिबको पिडा र दुःख कस्तो हुन्छ मलाई पनि थाहा छ ।’

उम्मेदवार वलीले निर्वाचनमा जिताएर पठाएमा बास्तविक गरिबको पहिचान गरेर निशुल्क शिक्षा, स्वास्थ्य र पानीको व्यवस्था गर्ने प्रतिवद्धता समेत गर्नुभयो । १४ बर्ष तुलसीपुर खानेपानीको व्यवस्थापकीय क्षेत्रमा आफुलाई अब्बल सावित गरेर चर्चामा आएका वलीलाई मतदाताले उत्सुक्तापुर्वक हेरिरहेका छन् । पातुखोला छेउँछाउँमा बसोबास गर्दै आएका करिब तीन हजार घरधुरी पानीका लागि कुँवामा आश्रीत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार