कालोमोसो प्रकरण: संयुक्त बिद्यार्थी संगठनद्वारा कारवाही, अनेरास्ववियुका ५ नेता पक्राउ

डेली न्युजराप्ती       ३० पुष २०७८ १८:११ मा प्रकाशित     633 No Comments


दाङ। काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई संयुक्त विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका छन।

मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको थियो।

शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एस निकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको बताएका छन।
यस्तै कालोमोसो दलेर कारवाही गरिएको विषयमा केही समयपछि संयुक्त बिद्यार्थी संगठनले प्रेस बिज्ञप्ति जारी गर्न लागिरहेको नेकपा निकट अखिल(क्रान्तिकारी) का एक नेताले न्यूजराप्तीलाई जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार