पेट्रोल , डिजेलको मुल्य घट्यो

डेली न्युजराप्ती       २ माघ २०८० ०६:५० मा प्रकाशित     115 No Comments

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यमा घटेर आएपछि निगमले नेपालमा पनि घटाएको हो ।

नयाँ मूल्य आजै सोमबार रातिदेखि लागू भएको छ । अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६३.५०, दोस्रो वर्गमा १६५, र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार