विप्लव नेकपा सहित ४ कम्युनिस्ट पार्टीले २६ गते दाङमा एमसिसी विरुद्ध प्रदर्शन तथा सभा गर्ने

डेली न्युजराप्ती       २४ माघ २०७८ १०:०६ मा प्रकाशित     628 No Comments


हेमन्त प्रकाश वली, दाङ। विप्लव नेतृत्वको नेकपा सहित दाङमा कृयासिल ४ कम्युनिस्ट पार्टीको बैठक आज सोमबार घोराहीमा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलको अध्यक्षतामा बसेको बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र बन्जाडे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा मालेका प्रतिनिधि नेत्र पाण्डेको सहभागीता रहेको थियो।

बैठकले माघ २६ गते राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध घोराहीमा बिरोध प्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ।
बिरोध प्रदर्शन १२ बजेदेखि सुरु भएर घोराही बजारका विभिन्न चोक परिक्रमा गर्दै बिरोध सभामा परिणत हुने बताइएको छ।
उक्त कार्यक्रममा आयोजक ४ कम्युनिस्ट पार्टीले उपस्थितिका लागि,देशभक्त,बामपंथी,प्रगतिशील,बुद्दिजिवी लगाएत आम दाङबासी आमाबुवा,दाजुभाइ एवम दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार