आजदेखि कक्षा १२ को परीक्षा सुरु : ४ लाख १० हजार विद्यार्थी सहभागी

डेली न्युजराप्ती       १६ जेष्ठ २०७९ १०:३० मा प्रकाशित     473 No Comments

दाङ। कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ ।बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार