नेकपा देउखुरीको संयुक्त ७ औं पूर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       २९ चैत्र २०७८ २०:४९ मा प्रकाशित     398 No Comments

श्रवण कुमार यादव।
२९-देउखुरी, दाङ।नेपाल कम्युनिस्ट पार्टी देउखुरीको संयुक्त ७ औँ पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा देउखुरी अन्तर्गतका पालिकाहरु(लमही नगरपालिका,राप्ती,गढवा र राजपुर गाउपालिका)को संयुक्त बैठक मंगलबार लमहीमा सम्पन्न भएको हो।

बैठक लमही नगर इन्चार्ज/सेक्रेटरी जनकको अध्यक्षतामा, नेकपा विशेष कमिटी सदस्य विक्रमको प्रमुख आतिथ्य, पार्टीका जिल्ला सेक्रेटरी प्रदीपको विशेष उपस्थिति, राजपुर गाउँपालिका इन्चार्ज/सेक्रेटरी उज्जवल, गढवा गा.पा. इन्चार्ज/सेक्रेटरी महान, राप्ती गा.पा. इन्चार्ज/सेक्रेटरी विजय र पार्टीका जिल्ला सल्लाहकार भीम लगाएतको उपस्थितिमा सम्पन्न भएको हो।

बैठकले पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक र नेकपा दाङको ऐतिहासिक सातौं पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ।
बैठकले गरेका निर्णयहरु यस प्रकारका छन्:
१) एमसिसिको विरुद्धमा जनसभा,टोल सभा,पेटि सभा मार्फत भण्डाफोर गर्ने।
२)पालीका स्तरमा एमसिसी,राष्ट्रघात, जनघात र महङ्गी विरुद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने।
३)भ्रष्टाचार, कमिसन र समाजिक उत्पीडन विरुद्ध स्थानीय स्तरमा जनसंघर्ष चलाउने।
४)जिल्लामा केन्द्रले तय गरेका राष्ट्रघाती mcc विरुद्धको कार्यक्रममा सहभागिता जनाउने।
५) पालिका कमिटी, वडा कमिटी, टोल कमिटी र जनतासँग वर्तमान कार्यनीतिको विषयमा प्रशिक्षण गर्ने।
६) जबस/मोर्चाको पालिका तथा जिल्ला कमिटीको भेला सम्मेलन गर्ने।
७) स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर एमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने,
८)क्रान्तिकारी ध्रुवीकरणलाई स्थानीयस्तरमा जोड दिने,
९) पार्टीको वडा कमिटी र टोल कमिटीलाई सुदृढ गर्ने र जवस/मोर्चाका पालिका कमिटि सुदृढ गर्ने।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार