अनेमसंघ क्रान्तिकारीको तेस्रो पुर्ण वैठक आजबाट सुरु

डेली न्युजराप्ती       २५ असार २०७९ २०:२५ मा प्रकाशित     391 No Comments


असार २५।अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक शुरु भएको छ।महिलामाथी हुने सबैखाले शोषण र दमनका विरुद्ध निरन्तर संघर्स गरौ!आत्मनिर्भर र उच्च वैचारिक चेतना सहित एकीकृत जनक्रान्तिमा दृढतापुर्वक अघि बढौ!! भन्ने राजनैतिक प्रस्ताव माथी छलफल गर्न , विगतका कामको समिक्षा गर्न र संगठनका आगामी कार्ययोजना निर्माण गर्न शनिबार काठमाडौको कपुरधारा स्थित कार्यालयमा वैठक शुरु भएको छ।
अखिल नेपाल महिला संगठनकी अध्यक्ष बन्धु चन्दको अध्यक्षता तथा सञ्चालनमा शुरु भएको तेस्रो बैठकको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्नु भएको छ भने कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष वुढा , केन्द्रिय सदस्यहरु माइला लामा,सुशील ओलि र आस्थाको विशेष उपस्थित रहेको छ भने ३३ सदस्यीय केन्द्रिय समितिको तेस्रो वैठकमा नेकपा महासचिव विप्लवले नेपालको महिला आन्दोलन र कम्युनिस्ट आन्दोलनको अन्तरसम्बन्ध र क्रान्तिकारी महिलाहरुको अबको जिम्मेवारी वारे प्रशिक्षण गर्ने जनाइएको छ।बैठक शनिवार र आइतबार गरि दुई दिन चल्ने कुरा समेत आयोजक पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार