नेकपाद्वारा राजपुर,राप्ती र गढवा गाउँपालिका स्तरीय सम्मेलनहरु सम्पन्न

डेली न्युजराप्ती       ६ भाद्र २०७९ २२:१३ मा प्रकाशित     347 No Comments


भदौ ६,दाङ। नेपाल कम्युनिस्ट पार्टी राजपुर,गढवा र राप्ती गाउँपालिका स्तरीय दोस्रो सम्मेलनहरु सम्पन्न भएका छन।
सोमबार तिनवटा गाउँपालिका स्तरीय सम्मेलनहरु सम्पन्न भएका हुन।

नेकपा राजपुर गाउँपालिकाको दोस्रो सम्मेलन नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। दोस्रो सम्मेलनले सेक्रेटरी सुर्यको नेतृत्वमा १५ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको छ।

रामप्रसादको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनमा मधेसी मुक्ती मोर्चा नेपालका जिल्ला अध्यक्ष सुर्य,अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भिम,अनेमसंघ क्रान्तिकारीका जिल्ला कमिटी सदस्य भुमा,युवा संगठन नेपाल दाङ जिल्ला सदस्य खिम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेकपा राजपुरका इन्चार्ज उज्ज्वलले गरेका थिए भने संचालन नेता हिमालले गरेका हुन।

यस्तै नेकपा गढवा गाउँपालिकाको आज सोमबार सम्पन्न दोस्रो सम्मेलनले यज्ञ कुमाललाइ सेक्रेटरी चयन गर्दै १५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ।
नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा पालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको हो।
कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपाल दाङका कोषाध्यक्ष केसर परियार,नेता मान बहादुर वोगटी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेकपा गढवा गाउँपालिका इन्चार्ज महानको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन गाउँपालिका नवनिर्वाचित सेक्रेटरी यज्ञ कुमालले गरेका थिए।

यस्तै नेकपा राप्ती गाउँपालिकाको दोस्रो सम्मेलनले नेता अदिपलाई सेक्रेटरी चयन गर्दै १७ सदस्यीय पालिका कमिटी निर्माण गरेको छ। नेकपाका विशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्य,नेकपा लमही नगर इन्चार्ज जनक,मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिम प्रकाश,राजमोका बाबुराम थापा,नेकपा(माके)का श्यामेस चौधरी,जसपाका टोप बहादुर घर्तीको आतिथ्यमा सम्मेलन सम्पन्न भएको नेकपा राप्ती गाउँपालिकाले जनाएको छ।
दोस्रो सम्मेलनको अध्यक्षता नेकपा राप्ती गाउँकमिटीका इन्चार्ज सुरजले गरेका थिए।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार