कार्तिक १८ , तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।
शुक्रवार घोराहीमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ ।
बैठकले नियमित रुपमा संसदीय चुनावको भण्डाफोर गर्ने,वालिङ,पर्चा वितरण,घरदैलो कार्यक्रम,चोक सभा,गाउँ सभा , पिढी सभा , मसाल जुलुस , जनतालाइ खारेजी अभियानमा गोलबन्द गर्दै कथित संसदीय चुनाव खारेज गर्ने निर्णय गरेको नेकपा घोराही उपमहानगर कमिटीले जनाएको छ ।
नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपाका केन्द्रीय सदस्य द्वय सम्झना सी , पाटन सी , पार्टीका घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मल सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सदस्य अशोका सी , राष्ट्रिय बामपंथी मंच नेपालका केन्द्रीय सदस्य मंगल सीको आतिथ्य रहेको थियो ।
बैठकको अध्यक्षता नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सीले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.