मंसिर ४ को चुनाव खारेजीका लागि दाङमा नेकपाद्वारा मसाल जुलुस प्रदर्शन, तुलसीपुरमा प्रहरी दमन

डेली न्युजराप्ती       २५ कार्तिक २०७९ २०:५६ मा प्रकाशित     454 No Comments


कार्तिक २५ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले दाङका विभिन्न ठाउँमा भव्य मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेकपा दाङले जिल्लाका मुख्य सहर घोराही , तुलसीपुर , लमही सहित राजपुर लगाएतका सबै पालिकामा भव्य मसाल जुलुस प्रदर्शन गरेको जनाएको छ ।

आज शुक्रबार साझ घोराहीका तिन ठाउँमा र तुलसीपुर , राजपुर लगाएतका मुख्य क्षेत्रमा भव्य मसल जुलुस प्रदर्शन गरिएको हो । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई खारेजीका लागि तुलसीपुरमा आयोजना गरिएको मसाल जुलुसमा प्रहरीले व्यापक दमन गरेको थियो भने अन्य क्षेत्रमा शान्तिपुर्ण ढंगले मसाल जुलुस सम्पन्न भएको नेकपाले जनाएको छ ।

नेकपा दाङद्वारा आयोजित मसाल जुलुसलाई तुलसीपुरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले सम्बोधन गरेका थिए भने सहजीकरण वेपत्ता योद्धा परिवार समाजका केन्द्रीय सदस्य धर्तीले गरेका थिए ।
यस्तै नेकपा घोराही उपमहानगर कमिटीद्वारा आयोजित मसाल जुलुस प्रदर्शनपछिको कोणसभालाइ सम्बोधन उपमहानगर कमिटीका इन्चार्ज निर्मलले गरेका थिए भने राजपुरमा आयोजित मसाल जुलुस कार्यक्रमलाइ सम्बोधन नेकपा राजपुर गाउँकमिटीका इन्चार्ज उज्ज्वलले गरेको नेकपाले जनाएको छ ।

यस्तै नेकपा दाङले आफ्नो पार्टीले शान्तिपुर्ण ढंगले निर्वाचन खारेजी अभियानलाइ संचालन गरिरहेको बेला पटकपटक प्रहरी प्रशासनले अनावश्यक दमन गरेकोप्रती आपत्ती जनाएको छ । नेकपाले शान्तिपुर्ण ढंगले कार्यक्रम संचालन गर्दापनी पटकपटक दमन गरिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार