विप्लवकी आदरणीय आमा आशिकादेवी चन्दको शिवगढीमा आज श्रद्धाञ्जली सहित अन्त्येष्टि

डेली न्युजराप्ती       १८ मंसिर २०७९ १८:४६ मा प्रकाशित     315 No Comments

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सि का ममतामयी आमा आशिका देवी चन्दको आज कपिलवस्तुको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ महासचिव विप्लवले ममतामयी आमालाई फुलमाला र अविरले अन्तिम श्रद्धाञ्जली दिएका थिए । पार्टीका नेताकार्यकर्ता, घरपरिवार, आफन्त र स्थानीयको बाक्लो उपस्थितिले आमा आशिका देवी चन्दलाई श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली पश्चात अन्त्येष्टि गरिएको छ। यसैबीच परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको निति बमोजिम आजको दाहसंस्कारसहित ५ औं दिनसम्म शिवगढीमा निम्न अनुसारका कार्यक्रम तय गरिएको छ ।दोश्रो दिन १९ गते आमाको सम्झनामा बृक्षारोपण,तेस्रो दिन २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण,चौथो दिन २१ गते समवेदना दिन आउने महानुभावहरुलाई भेटघाटको निरन्तरता,
पाचौं दिन २२ गते शोक सभा कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार