नेकपा दाङद्वारा अध्यादेश पारित गर्न दबाब स्वरुप जिल्लाव्यापी १ घण्टा चक्काजाम

डेली न्युजराप्ती       ५ पुष २०७९ १५:५१ मा प्रकाशित     222 No Comments

पौष ५ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले राष्ट्रपतिसमक्ष पेश गरिएको मुलुकी फौजदारी संहिता(पहिलो संसोधन) अध्यादेश- २०७९ पारित गर्न दवाव स्वरुप जिल्लाव्यापी १ घण्टा चक्काजाम कार्यक्रम गरेको छ ।
आज मंगलबार सो पार्टीले जिल्लाको घोराही , तुलसीपुर , लमही , भालुबाङ लगाएतका मुख्य सहरमा विहान १०-११ बजेसम्म १ घण्टा चक्काजाम गरेको हो ।

नेकपाले तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेश विरुद्ध दलाल तथा साम्राज्यवादि षड्यन्त्र विरुद्ध केन्द्रिय कार्यक्रम अन्तर्गत आज जिल्लाव्यापी एक घण्टा चक्काजाम गरिएको नेकपाका जिल्ला सचिव जनक सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका हुन ।

नेकपाले तीन बुदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेश कुनैपनी हालतमा पारित गरेर देशमा द्वन्द्वको बाताबरण सिर्जना हुन दिननहुने भन्दै चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार