भ्रष्टाचारीलाइ कारवाही गर्ने नेकपाको उद्घोष , तुलसीपुरमा चर्को महंगीका विरुद्ध बिरोध प्रदर्शन !

डेली न्युजराप्ती       १५ फाल्गुन २०७९ १६:४७ मा प्रकाशित     249 No Comments

फागुन १५ , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले भ्रष्टाचारीलाइ कारवाही गर्ने उद्घोष गरेको छ ।
नेकपा पश्चिम दाङद्वारा आज सोमबार तुलसीपुरमा आयोजित बिरोध प्रदर्शनपछिको सभालाइ सम्बोधन गर्ने वक्ताहरुले उक्त उद्घोष गरेका हुन् ।

सभालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले राज्यले संरक्षण गरेका भ्रष्टाचारीलाइ अब नेकपाले कारवाही गर्ने बताएका हुन् । उनले भने – ‘ मुलुकमा आकासिँदै गएको महङ्गीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गइरहेको छ । कालोबजारीले सिमा नाघेको छ । भ्रष्टाचारीलाइ राज्यले संरक्षण गरिरहेको छ । यो दलाल राज्यले जनतालाइ परेको असैह्य मारलाइ सम्बोधन गर्ने स्थिति छैन अझ संरक्षण भइरहेको छ । अब भ्रष्टाचारीलाई नेकपाले जनताको सहभागितामा कार्वाही गर्नेछ ।’

नेता प्रदिपले मुलुकमा आकासिँदै गएको बढ्दो महङ्गी , चरम कालोबजारी र भ्रष्टाचारको कारक तत्व दलाल पुजीवादी राज्यव्यवस्था भएको बताएका थिए ।
यो दलाल व्यवस्था जनताको होइन , उनले भने ‘ वित्तीय संस्थाको शोषणका कारण जनताहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । गाउँगाउँमा लघुवित्तका कारण जनताहरु गाउँ नै छाडेर बिस्थापित हुन विवस छन् । राष्ट्रिय पुजिपती व्यवसायीहरु चर्को बैंक ब्याजदरका कारण आत्मदाह गरिरहेका छन् । मुलुक आर्थिक हिसाबले टाट पल्टिने अवस्थामा छ । यी सबै समस्याहरुको समाधान यो संसदीय व्यवस्थाबाट हुँदैन । यसका लागि समाधान राज्यव्यवस्थाको परिवर्तनमा खोज्नुपर्छ । हामिले भनेको यो सबै समस्याहरुको समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्थाबाट मात्र सम्भव छ । अब हामि श्रममा जोडिएर आत्मनिर्भर राष्ट्रिय पुजीको विकास गरेर देशलाइ समृद्ध बनाउने अभियानमा जुट्नुपर्छ ।’

बिरोध प्रदर्शनपछिको सभालाइ नेपाल गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज रुद्र सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी लगाएतले सम्बोधन गरेका थिए ।

चर्को महंगी , कालोबजारी र भ्रष्टाचारका विरुद्धको प्रदर्शन तुलसीपुरको बसपार्कबाट सुरु भइ जेसिज चोक , बिपि चोक हुँदै बिरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो।
बिरोध प्रदर्शनपछिको सभालाइ नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्ज्वल सीले गरेका थिए ।

खाध्यान्न, तरकारी ,यातायात भाडा , दुध, फलफूल लगाएत जनजीवनका दैनिक वस्तु तथा सेवाहरुको मुल्य छोईनसक्नु भइरहेको बेला राज्यले मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने र नागरिकको दैनिक जीवन सहज बनाईनुपर्ने माग सहित नेपाल कम्युनिस्ट पार्टीले जनप्रदर्शनको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार