फागुन २० , तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लमहि -घोराही – तुलसीपुर सडक आधा घण्टा चक्काजाम गर्ने जनाएको छ ।
नेकपा तुलसीपुर नगर समितिले भोलि आइतबार बिहान ११:०० बजेदेखी ११:३० बजेसम्म सडक खण्ड अन्तर्गत तुलसीपुरको हात्तीखौवामा आधा घण्टा चक्काजाम गर्ने भएको हो ।
लमहि -घोराही – तुलसीपुर सडक तत्काल निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप आधा घण्टा चक्काजाम गर्न लागिएको नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले डेलिन्युजराप्तिलाइ जानकारी दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.