कमिरेचौर १४ चैत/ दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।
बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।बंगलाचुली गाउँपालिकाले स्थानीयको नि:शुल्क डेङ्गी परिक्षण गर्ने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।
स्थानिय विदामा गाउँपालिका भरीका सरकारी कार्यालयहरुमा विदा हुने उहाँले जानकारी दिनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.