कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध सामना कलाकारले आफ्नो ३३ दिन लामो अभियानको आवधिक समिक्षा गर्दै अभियानले देशको संकटको अहिलेको मुख्य समस्याको श्रोतको रूपमा रहेको संसदवादको भण्डाफोर र बैज्ञानिक समाजवादको पक्षमा जनलहर निर्माण गर्न सफल रहेको निष्कर्ष निकालेको छ । कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा आज सम्पन्न समिक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो।
नेपाल कम्युनिस्ट पार्टीको निर्माण , बिकास र एजेन्डालाई गितसंगीत र कलाको माध्यमद्वारा जनतामा पुर्याउन सामना कलाकारले बैज्ञानिक समाजवादका लागि जनसाङ्गीत अभियान सञ्चालन गरिरहेको छ।
समना कलाकारका केन्द्रिय संयोजक आरोह सीका अनुसार पछिल्लो अभियानका दौरान अहिलेसम्म पश्चिमका १६ ओटा जिल्लामा ३३ ओटा औपचारिक सास्कृतिक कार्यक्रम सम्पन्न भैसकेका छन भने आगामी बैशाख ९ गते काठमाडौमा हुने नेकपा स्थापना दिवसपछि सामना कलाकारले देशको पुर्वि क्षेत्रमा जनसाङ्गीत अभियान प्रारम्भ गर्ने निर्णय गरेको छ।
१८ जना कलाकार सहभागी अभियानको समिक्षा बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सामना कलाकार भनेको एकीकृत क्रान्तिको महत्त्वपूर्ण अङ्ग भएको र पार्टीका विचार र कार्यक्रमलाई जनता माझ पुर्याउन सामना कलाकारको उच्च योगदान रहेको भन्दै कलाकार टोलिलाई धन्यवाद दिएका थिए भने समिक्षा बैठकमा नेकपा पोलिटब्युरो सदस्य बिजय सी, केन्द्रिय स्कुल बिभाग सदस्य प्रयास सीको सहभागिता र आरोह सीको अध्यक्षता रहेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.