बैशाख ३ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।
नेकपाले ७५औ कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा भोलि तुलसीपुरमा जेष्ठ कम्युनिस्ट नेताहरुलाइ सम्मान तथा अभिनन्दन गर्ने भएको हो ।
७५औ नेकपा स्थापना दिवसको अवसरमा देशभर साताव्यापी कार्यक्रम गरि मनाइरहेको नेकपा पश्चिम दाङ र पुर्वी दाङले आज तुलसीपुर , शान्तिनगर , दंगिशरण , बबई लगाएतका विभिन्न ठाउँमा वालिङ गरेको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत भोलि बैशाख ४ गते नेकपा पश्चिम दाङले तुलसीपुरमा कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन गर्ने जनाएको छ । साथै नेकपा पुर्वी दाङले पनि भोलि घोराहीमा ७५औ नेकपा स्थापना दिवसको अवसरमा जेष्ठ पुराना पाका कम्युनिस्ट नेताहरुलाइ सम्मान तथा अभिनन्दन गर्ने जानकारी दिएको छ ।
लेनिन जयन्तीको सन्दर्भ पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेकपा स्थापना भएको दिनलाई स्मरण , समिक्षा र नयाँ प्रतिबद्धता सहित नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले गत शनिबार सार्वजनिक गरेको पोस्टर अनुसार नेकपा स्थापना दिवसलाई साताव्यापी मनाउने उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रमहरू अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग , बैशाख ४ गतेदेशव्यापी क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन , बैशाख ५ गते-झाँकी सहित साँस्कृतिक कार्यक्रम , बैशाख ६ गते-देशव्यापी प्रदर्शन र वृक्षारोपण कार्यक्रम , वैशाख ७ गते देशव्यापी अन्तर्कृया , वैशाख ८ गते रक्तदान र बैशाख ९ गते देशभरी उत्सवसभा र दिपावली , काठमाण्डौमा विशाल जनसभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.