देशभक्त,राष्ट्रवादी,प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्ट र सबै माओवादीहरु एक ठाउँमा आउनुको विकल्प छैन् : प्रकाण्ड

डेली न्युजराप्ती       २० बैशाख २०८० ०९:२२ मा प्रकाशित     192 No Comments

कमल विश्वकर्मा
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथाप्रवक्ता प्रकाण्ड सीले अब देशले स्वाधीनता प्राप्त गर्न धेरै समय नलाग्ने वताएका छन। मंगलबार बेलुकी ग्लोबल टेलिभिजन एचडि बाट प्रसारण भएको कार्यक्रम सूक्ष्म दृष्टिमा अन्तर्वाताका क्रममा यस्ताे वताएका हुन्।

उनले, देशमा साम्राज्यवादीहरु र दलाल पूँजीवादको ठूलो षड्यन्त्र रहेको भन्दै देशभक्त र सच्चा क्रान्तिकारी जनताको बलबाट त्यसलाई परास्त गरी छिट्टै मुलुक स्वाधीन बन्ने जिकिर गरेका छन। त्यसको नेतृत्व अफ्नो पार्टी र आफूहरुले गर्ने उनको दाबी थियो।

उनले भने “देशको वस्तुगत अवस्थाले क्रान्तिकारी ध्रुविकरणको माग गरेको छ र हामी माओवादीहरु सचेत पक्ष भएकाले सचेततापूर्वक सोच्ने बेला आएको छ । राष्ट्रिय राजनीतिमा हामीले पहल लिनुपर्छ भन्ने जनताको चाहना छ।सम्पूर्ण माओवादीहरु,कम्युनिस्ट पार्टीहरू, प्रगतिशील लोकतन्त्रवादीहरु, यो देशलाई मायागर्ने देशभक्त र राष्ट्रबादीहरु एकठाउँमा आउनुको विकल्प छैन, सबैले निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ र यो मुलुक र जनतालाई स्वाधीन बनाउनु पर्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार