राष्ट्रिय भूमि आयोगद्वारा तुलसीपुरमा नाप जाँचको काम सुरु

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १७:२८ मा प्रकाशित     185 No Comments

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा राष्ट्रिय भूमि आयोगले नाप जाँचको काम सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६बाट मंगलबारदेखि काम सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिह र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकाभित्र १३ हजार नौ सय ४१ को लगत प्रविष्टि लिइएको छ । त्यसमध्ये भूमिहिन दलितको दुई हजार ७९,भूमिहीन सुकुम्बासीको दुई हजार आठ सय ९२ र अव्यवस्थित बसोबासीको आठ हजार नौ सय ७९ रहेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले निर्वाचित भएर आएपछि भूमिहीन दलित,सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने पहिलो निर्णय भएकाले त्यो विविध प्राविधिक समस्याका कारण एकवर्ष वर्पपछि मात्रै कार्यान्वयनमा आउन थालेको बताउनुभयो ।

उहाँले वडाहरुबाट विगतमा भरिएका फारामको लगत प्रविष्टिमा ढिलाई भएका कारण कार्यान्वयनमा समस्या आएको बताउनुभयो । नगरप्रमुख खड्काले बिचौलियाको प्रभावका कारण वास्तविक भूमिहीन दलित,सुकुम्बासी लालपूर्जा पाउनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्नेभन्दै वडास्तरीय सहजीकरण समितिलाई नाँजजाँचका क्रममा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिनुभएको थियो ।तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६ र १८मा मात्रै लगत प्रविष्टिको काम सम्पन्न भएको छ । २,१४ र ८मा लगत प्रविष्टिको अन्तिम चरणमा रहेपनि अन्य वडाहरुबाट विवरण नै नआएको भूमि शाखाका प्रमुख माधव पौडेलले बताउनुभयो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिहले जिल्लाका अधिकांश पालिकाहरुमा भूमि सम्बन्धी नाँपजाँचको काम सुरु भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले पालिकाबाटै नाँपजाँच अन्तिम प्रक्रिया नै हुने भएकाले नाँपजाँचका क्रममा सहयोग गर्नका लागि आग्रह गर्नुभयो । जिल्लाभर ७६ हजार तीन सय ६ भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार