नेसंविमा १२ वर्षपछि दीक्षान्त कार्यक्रम हुँदै, प्रधानमन्त्री प्रचण्ड दाङ आउँदै

डेली न्युजराप्ती       २७ जेष्ठ २०८० १३:०६ मा प्रकाशित     188 No Comments

दाङ । नेपाल संस्कृत विश्व विद्यालय बेलझुण्डीले १२ वर्षपछि दीक्षान्त समारोह गर्न लागेको छ । १० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा सास्त्री र बि.एम.एस उतिर्ण गरेका ४ हजार ७ सय ७३ मध्य निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षीत हुन लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्व विद्यालय वराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यमा जेठ ३१ गते कार्यक्रम गर्ने तयारी गरिएको छ । बेलझुण्डीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उतिर्ण १४५ जना, शास्त्री तह उतिर्ण १६३, आयुर्वेद स्नातक उतिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उतिर्ण गरेका ९० जना दीक्षीत हुने शिक्षाध्क्ष प्राध्यापक डा.भीम खतिवडाले जानकारी दनिुभयो ।

विश्व विद्यालयमा विभिन्न समयमा हुने आन्दोलन, हडताल, ताला बन्दिका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन । विश्व विद्यालयका उपकुलपति प्रध्यापक डा. यादव प्रकाश लामीछानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको विषय वस्तुमाथि कुलसचिव माधव अधिकारीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपप्रशासक प्रदिप गौतमले गर्नुभएको थियो । यसैबीच कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार