देशलाई युक्रेन बन्न नदिन समाजवादी मोर्चा गठन भएको हो: अनिल सी

डेली न्युजराप्ती       ९ असार २०८० १९:४४ मा प्रकाशित     428 No Comments

ललितपुर । नेकपा स्थायी समिति सदस्य अनिल सीले ‘देश युक्रेन त्रासदी सङ्घारमा उभिएकाले समाजवादी मोर्चा गठन गर्नु परेकाे बताएका छन्। उनले ‘देशलाई वैज्ञानिक समाजवादको दिशामा लग्न, दालाल पूँजीवादको सफलताको विकल्प दिन र साम्राज्यवादको प्रतिरोध गर्न मोर्चा गठन भएको’ बताएका छन्। उनले ललितपुरमा शनिबार सम्पन्न पार्टी प्रशिक्षण कार्यक्रममा यस्ताे वताएका हुन्।

सो कार्यक्रममा पार्टी स्थायी समिति सदस्य उमा सी -शिलु, नेकपा उपत्यका ब्यूरो इन्चार्ज कृती सी, युवा संगठनका नेताहरु दिनेश सी तिलक सी लगायतले मन्तव्य राखेका थिए।

प्रशिक्षणमा अधयक्षता नेकपा ललितपुर जिल्ला सचिव विकाश सी, स्वागत मन्तव्य टंक सी, सञ्चालन भरत सी ले गरेका थिए भने कार्यक्रमा जिल्ला इन्चार्ज विपिन सी ले निर्देशनात्मक मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार