आमा र २ वर्षीया छोरीको हत्या

डेली न्युजराप्ती       १६ असार २०८० १२:३४ मा प्रकाशित     255 No Comments

१६ असार, रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारका सदस्यहरु फरार भएका छन्।

‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’

घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।

दाइजोका लागि हत्या भएको आरोप:
तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक-पटक दाइजोका लागि यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए ।

‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाइ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइ फरार भए ।’

घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनुपर्ने उनको माग छ ।

#अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार