नेकपा सल्यानद्वारा १ बिघा जमिनमा धान रोपाइँ सुरु(फोटोफिचर)

डेली न्युजराप्ती       ९ श्रावण २०८० २१:५९ मा प्रकाशित     363 No Comments

हेमन्त प्रकाश ओली ।
साउन ९ , दाङ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले आजदेखी धान रोपाइँ सुरु गरेको छ ।
आत्मनिर्भर उत्पादन र आत्मनिर्भर पार्टीको उदेश्यसहित धान रोपाइँ सुरु गरिएको नेकपा सल्यानले जनाएको छ ।

मंगलबार तुलसीपुर -१५ दक्षिण कुरररेमा १ बिघा जमिन लिजमा लिई धान रोपाइँ सुरु गरिएको हो ।

धान रोपाइँ उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले उत्पादन मार्फत पार्टीलाई आत्मनिर्भर बनाउन धान रोपाइँ लगाएत अन्य उत्पादन कार्यलाइ अगाडि बढाइरहेको बताए ।

धान रोपाइँमा नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा सल्यानका इन्चार्ज अनिल सी , नेकपा सल्यानका सेक्रेटरी वीर बहादुर सी, पार्टीका जिल्ला कमिटी सदस्य शेर बहादुर सी लगाएत पार्टी निकट जवस/मोर्चाका नेता-कार्यकर्ताहरु सहित करिव २५ जना नेता-कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

धान रोपाइँ भोलि सकिने पनि नेकपाले जनाएको छ ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार