माल्टा पठाइदिन्छु भनेर ठगी गर्ने एकजना पक्राउ

डेली न्युजराप्ती       १२ श्रावण २०८० १२:५८ मा प्रकाशित     195 No Comments

काठमाडौ। माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ७ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्‍ने ३१ वर्षीय मौसम मग्राती रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार