नेकपा दाङद्वारा जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन,पश्चिम क्षेत्रमा आइतबारददेखी सुरु

डेली न्युजराप्ती       २० भाद्र २०७८ २०:५९ मा प्रकाशित     709 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ बिभागको आयोजनामा भाद्र २० गतेदेखी असोज १० गतेसम्म संचालन हुने जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन आज एक कार्यक्रमका विच सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले कार्यक्रमको व्यानर पढेर जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेता शितलले मार्क्सवादी दृष्टिकोणको गहिरो अध्यनले मात्रै शोषण,दमन र उत्पीडनको विरुद्धमा संघर्ष गर्न सक्ने क्षमता पैदा हुने बताउनुभयो। उहाले स्कुलिङले नेता-कार्यकर्तामा दर्शनशास्त्र,राजनितिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अध्यनले नेपाली समाजका अन्तरविरोधहरु,बहुसंख्यक नेपाली जनतामाथी पुजिवादले गरेको शोषण,दमन,उत्पीडनको शैली,राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति लगाएतको थुप्रै बिसयबस्तुमा भरपुर ज्ञान हासिल हुने विस्वास व्यक्त गर्नुभयो। नेता शितलले आफ्नो पार्टीले मालेमावादको जगमा उभिएर दर्शनमा केही बिकास गरेको समेत बताउनुभयो।

जिल्ला स्तरीय स्कुलिङ कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अतिथी समेत रहेका केन्द्रीय स्कुलिङ बिभागका सदस्य गतीले आफुहरु दुनिया बदल्ने महान अभियानमा अग्रसर रहेको बताउनुभयो। उहाले बहुसंख्यक जनताहरुमाथी केही सिमित पुजिपतीहरुको शोषण,दमन,उत्पीडनका विरुद्ध सचेत बिद्रोह गर्नको लागि मार्क्सवादी दृष्टिकोणको अध्यन महत्वपूर्ण पक्ष भएको बताउनुभयो।

स्कुलिङ बिभाग दाङका सदस्य नवराजको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्यहरु बिकाश,निर्मल र किरण लगाएत पार्टी जिल्ला सल्लाहकार समिति सदस्य शुरेसको आतिथ्य रहेको थियो।
जिल्ला स्तरीय स्कुलिङ कार्यक्रमको सहजीकरण स्कुलिङ बिभाग दाङ जिल्ला प्रमुख रुद्रले गर्नुभएको थियो। स्कुलिङ कार्यक्रम जिल्लाभरी संचालन गर्ने नेकपा दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार