नेकपा केन्द्रीय सदस्य सम्झनाको नेतृत्वमा भैलोबाट संकलित रकम अपांग संघलाइ खाद्यान्न सहयोग

डेली न्युजराप्ती       १८ कार्तिक २०७९ २२:२४ मा प्रकाशित     281 No Comments

१८ कार्तिक,दाङ । नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रीय सदस्य एवम पुर्व बिधायक सीता विक (सम्झना)को नेतृत्वमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखालाइ खाद्यान्न सहयोग गरिएको छ ।
शुक्रवार घोराही उपमहानगरपालिका-१४ झिंगौरामा रहेको संघमा एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरिएको हो ।

घोराही उपमहानगरपालिका-१६ शक्ति टोल बासी दिदी-बहिनीहरुको संयुक्त भैलो कार्यक्रममा उठेको पैसाबाट नेपाल अपांग संघ दाङलाइ खाद्यान्न सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमकालाई सम्बोधन गर्दै प्रमुख अतिथि सीता बिक (सम्झना)ले शारीरिक अशक्तहरुलाइ गाँस-वास, कपास , स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नुपर्ने राज्यको दायित्व भएपनि सम्बन्धित निकाय मुकदर्शक बनेको बताउदै उहाहरुलाइ जीवनप्रति हरेस नखाएर संघर्ष गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष बसन्त भट्टले दिदी-बहिनिहरुलाइ असक्तहरुलाइ सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

नेकपाकी केन्द्रीय सदस्य पुर्ब बिधायक एवम जुझारु महिला नेतृ सीता विक(सम्झना)को प्रमुख आतिथ्य तथा नेपाल अपांग संघ दाङ शाखाका कोषाध्यक्ष बसन्त भट्टको बिशेष उपस्थिति एवम दिदीवहिनी समुहका प्रतिनिधिहरु मनिशा वली ,साधना खड्का , तिर्सना कुसारी, हिरा खड्काको उपस्थिति रहेको थियो ।
खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रमको सहजीकरण अपांग संघ दाङ शाखाका कर्मचारी बिक्रम तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार