नेकपा पूर्वी दाङको विशेष बैठकका निर्णयहरु यस्ता छन्

डेली न्युजराप्ती       ९ पुष २०८० ०९:५५ मा प्रकाशित     122 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको विशेष बैठक  सम्पन्न भएको छ । आइतबार घोराहीमा सम्पन्न भएको पार्टीको  बैठकले  विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । 

‘ पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं , राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मुल नारासहित नेकपा पूर्वी दाङले जिल्लाव्यापी २ महिने अभियान चलाउने निर्णय  गरेको छ  ।  बैठकले  राजनीति वैचारिक, संगठन, संघर्ष, उत्पादन र अभियान सञ्चालनको बारेमा विभिन्न निर्णयहरु गरेको पार्टीले जानकारी दिएको छ । 

पार्टीले राजनीति वैचारिक अन्तर्गत पुस १० गते अभियान उद्घाटनसँगै माओ दिवस मनाउने, जिल्लाको नारायणपुर, राजपुर र बंगलाचुली गरी तीन ठाउँमा अन्तरक्रिया कार्यक्रम गर्ने, घोराही र बंगलाचुली पालिकास्तरको समाजवदी मोर्चा गठन र सन्देशसभा गर्न पहल गर्ने  निर्णय गरेको छ । 

त्यस्तै संगठनतर्फ युवाको जिल्ला सम्मेलन गर्ने, विद्यार्थीको जिल्ला सम्मेलन गर्ने,  एरिया, वडा, टोल र सेलमा कमिटी गठन गर्ने र पार्टी सदस्यको नवीकरण र नयाँ आवेदन भर्ने/ भराउने निर्णय भएको पार्टीले जनाएको छ ।  त्यस्तैगरी संघर्षतर्फ  पक्राउ पुर्जीको विरुद्धमा भण्डाफोर तथा  निरन्तर संघर्ष गर्ने,  मिटरब्याजी विरुद्ध संघर्ष गर्ने, चर्को बैंकको ब्याजदर विरुद्धको संघर्षका कार्यक्रम बनाउने,  नागरिकता बनाउने, मालपोत नापी जस्ता अत्यावश्यक काम स्थानीय निकायबाट  दिन दबाब दिन जिल्ला प्रशासन कार्यालयमा पुस २० गते ज्ञापनपत्र बुझाउने, युवा पलायन रोक्न सरकारलाई दिन युवा संगठनको नेतृत्वमा कार्यक्रम गर्ने भएको छ । 

आर्थिक तथा उत्पादनतर्फ धानपछि ३ विघा जमिना लगाएको आलु खेतीलाई व्यवस्थित गर्ने,  उत्पादनका लागि थप जमिन र तयारी गर्ने,  आलु खेतीपछि तत्काल च्याउअ खेती गर्ने र जिल्ला सदस्य, एरिया सदस्य र पार्टी सदस्यहरुको लेखी नियमित र व्यवस्थित गर्ने लगायतका निर्णयहरु भएको पार्टी पूर्वी दाङले बताएको छ । 

नेकपाका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले आज नेपालमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिलाई नेपाल बदल्न, नेपाली जनताको जीवन  बदल्न र नेपालमा दलाल पूँजीवादलाई निषेध गर्नका लागि  प्रयोग गरिरहेको र त्यो प्रयोगले पार्टीलाई लोकप्रियतामा बदलेको  बताए । त्यो लोकप्रियता र जनप्रीयतालाई घेराबन्दी गर्नका लागि नेपालको दलाल पूँजीवादी सत्ताले आफ्नो पार्टीमाथि घेराबन्दी सुरु गरेको भन्दै उनले  त्यस्ता घेराबन्दी र आक्रमणहरुलाई निस्तेज  गरी नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने उद्घोष गरे ।

पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले क्रान्ति भनेको युद्ध नभर परिवर्तन भएको बताए । उनले पछिल्लो समयमा दलालहरुले क्रान्तिलाई लडाइ रुपमा परिभाषित गरेर जनतालाई त्रसित बनाएको भन्दै क्रान्ति भनेको परिवर्तन र रुपान्तरण भएको कुरामा जोड दिए । 

आफू समाजवादी भएमात्र समाजवाद आउने र पार्टीको नीतिलाई दृढता पूर्वक लागू गरेर जनताको माझमा स्थापित हुनुपर्ने उनको भनाइ छ । 

नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा  पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी, पार्टी दाङका सल्लाहकार नवराज सीको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार