एमसिसी कार्यान्वयन विरुद्ध नेकपा पश्चिम दाङले तुलसीपुरमा जनप्रदर्शन गर्ने

डेली न्युजराप्ती       १० भाद्र २०८० १२:१० मा प्रकाशित     215 No Comments

भदौ १० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयन विरुद्ध जनप्रदर्शन गर्ने जनाएको छ ।
आज आइतबार सो पार्टीले तुलसीपुरमा भव्य जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको हो ।

एमसिसी कार्यान्वयनका विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु घोषणा गरेको नेकपाले आज दाङसहित देशभर जनप्रदर्शन गर्नेछ ।
नेकपाले हिजो शनिबार देशव्यापी एमसिसी सम्झौता विरुद्ध गाउँगाउँमा जागरण प्रचार गरेको थियो ।

एमसिसी विरुद्ध नेकपाको चरणबद्ध कार्यक्रममा गृह प्रशासनले ठाउँठाउमा व्यापक हस्तक्षेप समेत गरेको छ ।
दाङमात्रै हिजो नेकपाको एमसिसि विरुद्धको जागरण प्रचार कार्यक्रमबाट नेकपाका दुई नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरि साझ रिहा गरेको थियो ।

नेकपाले राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा देशभक्त नागरिकलाई हस्तक्षेप नगर्न र राष्ट्रघाती एमसिसी सम्झौता कार्यान्वयन विरुद्धको आन्दोलनमा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार