नेकपा पुर्वी दाङ जिल्लाको प्रथम बैठक सम्पन्न , सेक्रेटरीमा जनक सी

डेली न्युजराप्ती       २१ माघ २०७९ १६:३४ मा प्रकाशित     278 No Comments

माघ २१/ दाङ । नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाको प्रथम बैठक सम्पन्न भएको छ ।
हिजो शुक्रवार तुलसीपुरमा सम्पन्न प्रथम बैठकले जनक सीलाई सेक्रेटरीमा चयन गरेको छ ।

यस्तै बैठकले पुर्वी जिल्ला अन्तर्गतका सबै वडाहरुमा पनि नयाँ नेतृत्व निर्माण गरेको छ । यस्तै बैठकले पालिका स्तरमा प्रशिक्षण कार्यक्रम गर्ने , वैज्ञानिक समाजवादका अवधारणाहरु जनतामा व्यापक प्रचारप्रसार गर्ने , मिटरव्याज , चर्को व्याज , भ्रष्टाचार , महंगी , कालोबजारी , लघुवित्त विरुद्ध भण्डाफोर तथा प्रदर्शन गर्ने , राष्ट्रघाती एमसिसी विरुद्ध संघर्ष गर्ने , राज्यलाइ कर नतिर्ने एनसेलको सिम र रिचार्ज कार्ड बिक्रीवितरण कार्य बन्द गर्न क्रियात्मक कार्यक्रम गर्ने , भारतबाट आउने तरकारी , फलफुलको गुणस्तरीय परिक्षण (क्वारेन्टाइन) मा राख्नको लागि शसक्त आन्दोलन गर्ने ,समाजवादी जनसत्ता घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले फागुन १ गते बिबिध कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहमा सहिद परिवार अभिनन्दन कार्यक्रम गर्ने , सहिद परिवार , वेपत्ता परिवार र घाइते योद्धाहरुसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ ।

यस्तै प्रथम पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले आर्थिक बिभाग ,सूचना/संचार/प्रकाशन बिभाग , उत्पादन तथा सहकारी बिभाग , न्याय बिभाग गठन गरेको जनाइएको छ ।

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपा केन्द्रीय सदस्य एवम दाङ पश्चिम जिल्ला इन्चार्ज प्रदिप सी , नेकपा केन्द्रीय सदस्य तथा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी , नेकपा केन्द्रीय सल्लाहकार समिति सदस्य सुन्दर सी , नेकपा केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा ब्युरो सचिव विकाश सी लगाएतको आतिथ्य रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङ जिल्लाको प्रथम बैठकको अध्यक्षता तथा संचालन पुर्वी दाङ जिल्लाका सेक्रेटरी जनक सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार