नेकपाद्वारा भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको घोर भर्त्सना

डेली न्युजराप्ती       २१ मंसिर २०७९ १२:०१ मा प्रकाशित     115 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको घोर निन्दा एवं भत्र्सना गर्दै सिमानाजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमामहाकालीनदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहललिन नेपाल सरकारसंग जोडदार माग गरेका छन । प्रवक्ता प्रकाण्डले मंगलबार साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। प्रवक्ता प्रकाण्डले भारतीयपक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस भन्दै घाईते ४ जना विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “ १) गतआईतबार मंसिर १८ गते दार्चुला जिल्लास्थित खलंगा बजार र भारतस्थित धार्चुला जोड्ने झुलुङ्गे पुल मूनी महाकाली नदीको नेपाली भूमि पर्ने बगर मिचेर भारत सरकारले सड्क बनाएपछि खलंगावासी नेपाली जनताले त्यसको विरोध गर्दा भारतीय पक्षले गरेको ढुङ्गामुडाबाट कैलासपति आधारभूत विद्यालयमा खेली राखेका ४ जना विद्यार्थी घाईते भएको घटनाले हाम्रो पार्टीको ध्यान गंभिर रुपमा आकर्षित भएको छ । भारत सरकारको हस्तक्षेपकारी र दादागिरी शैलीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ ।
२) सिमाना जस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा महाकाली नदीको नेपाली बगरलाई मिचेर भारत सरकारले एसएसविको बलमा बनाएको सडक तुरुन्त रोक्ने पहल लिन नेपाल सरकारसंग पार्टी विशेष माग गर्दछ ।
३) भारतीयपक्षको ढुङ्गामुडाबाट घाईते भएका ४ जना विद्यार्थीको उपचार व्यवस्था भारत सरकारबाट गराउन र आतंककारी शैलीमा ढुङ्गामुडा गर्ने तत्वलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकारले तदारुकताका साथ पहल गरोस भनीजोडदार माग गर्दछ ।
४) घाईते ४ जनाविद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामनागर्दछौं । “

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार